नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको निर्णय सुनेर विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार बसेको एमाले सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश क्षेत्रमा उमेदवार टुंगो लगाएको छ । जसमा भट्टराईलगायत चर्चित नेताहरूले नै टिकट पाएका छैनन् । उक्त निर्णयमा भट्टराईले नोट अफ डिसेन्ट लेखेका छन् ।
आइतबार बिहान फेसबुकमा एक पोस्ट गर्दै भट्टराईले लेखेका छन्, "नेकपा एमालेका प्रिय कमरेडहरू निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु ।"
उनले अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन् । "हाम्रो यात्रा लामो र गौरवपूर्ण छ," भट्टराईले भनेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध पार्टीको महाधिवेशनमा मोर्चा कस्नेलाई चुनावी टिकट दिन आनाकानी गरेका छन् । शनिबार (माघ ३) बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले चुनावमा आफूविरुद्ध प्यालनगत प्रतिस्पर्धामा उत्रिएका नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनका निम्ति टिकट दिन अस्वीकार गरेका हुन् ।
एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांश ठाउँको उमेदवार टुंग्याएको छ । तर, ओलीविरुद्ध ११औँ महाधिवेशनमा उत्रिएका उपमहासचिव गोकर्ण विष्टबाहेकका नेताको टिकटबारे भने निर्णय भएको छैन ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं –५ हो । जहाँ उमेदवार छान्न बाँकी छ । महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई एमालेले प्रतिस्पर्धा बाहिर राखेको छ । चितवन क्षेत्र नम्बर १ मा कृष्णराज पाठकलाई उमेदवार बनाइएको छ ।
गुल्मी–२ मा पार्टी उपमहासचिव विष्टलाई उमेदवार बनाइएको छ । तर, ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईलाई टिकट दिन ओलीले अस्वीकार नै गरेका छन् । स्रोतका अनुसार, भट्टराईलाई बैठकमा नै टिकट नदिने धारणा राखेका थिए ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ९ टुंग्याउन बाँकी छ । जहाँ सचिवमा प्रतिस्पर्धा गरेका कृष्णगोपाल श्रेष्ठको निर्वाचन क्षेत्र हो । ०७९ को निर्वाचनमा काठमाडौंका १० मध्ये एमालेले उक्त क्षेत्र मात्रै जितेको थियो ।
त्यस्तै, पाल्पा क्षेत्र नम्बर २ मा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई टिकट दिएको छ । ०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट ठाकुर गैरे निर्वाचित भएका थिए । उनी महाधिवेशनमा पोखरेल प्यानलबाट सचिव पदमा प्रतिस्पर्धा गरेका थिए ।
उता, काभ्रे–२ अध्यक्ष ओलीले टुंग्याउने भनिएको छ । नेता गोकुल बास्कोट ०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट जितेका थिए । उनी महाधिवेशनमा पोखरेल समूहबाट सचिव पदमा चुनाव लडेका थिए ।
मोरङका विनोद ढकालको नाम पनि उमेदवारको सूचीमा समावेश छैन । उनी ११औँ महाधिवेशनमा पोखरेल प्यानलबाट सचिवमा उमेदवार बनेका थिए ।
त्यस्तै, महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेताहरू चुनावी टिकटबाट बञ्चित देखिएका छन् । नेताहरू अरुण नेपाल, कर्ण थापा, पुरुषोत्तम पौडेल, विन्दा पाण्डेका निर्वाचन क्षेत्रमा एमालेले उमेदवार चयन गरिसकेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया