कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा जारी घुसुणी महोत्सवमा बजाइँदै आएको चर्को डिजे आवाजका कारण नजिकका विद्यालयहरूको पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ। विद्यालय क्षेत्रको संवेदनशीलतालाई बेवास्ता गर्दै बिहानैदेखि रातिसम्म बजाइने तेज ध्वनिले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई ठूलो समस्यामा पारेको छ।
खुल्ला मञ्च आसपास रहेका सार्क एजुकेशन फाउन्डेसन विद्यालय, भृकुटी माध्यमिक विद्यालय र बैजनाथ माध्यमिक विद्यालयमा महोत्सवको चर्को आवाज प्रत्यक्ष असर बनेको छ। कक्षा सञ्चालनमा बाधा, विद्यार्थीको ध्यान विचलित हुनु र परीक्षाको तयारीमा नकारात्मक प्रभाव परेको विद्यालय प्रशासनको भनाइ छ।
सार्क एजुकेशन फाउन्डेसनका प्रिन्सिपल सूर्य धिमिरेले महोत्सवमा बजाइने चर्को आवाजका कारण नियमित पठनपाठन सञ्चालन गर्न कठिन भएको बताए। “विद्यालय क्षेत्र नजिक यस्ता महोत्सव आयोजना गर्दा विशेष ध्यान दिनुपर्छ, तर यहाँ कुनै मापदण्ड पालना भएको देखिँदैन,” उनले भने। डिजे ध्वनि नियन्त्रण गर्न पटक–पटक आग्रह गर्दा पनि आयोजकले बेवास्ता गरेको उनको गुनासो छ।
त्यस्तै, बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र जोशीले चर्को आवाजमा डिजे नबजाउन आग्रह गर्दा पनि आयोजकले कुनै वास्ता नगरेको बताए। “यसले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ। पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने, चिडचिडापन बढ्ने जस्ता समस्या देखिन थालेका छन्,” जोशीले बताए।
भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर सिंह महराले परीक्षाको मुखमा चर्को आवाजमा डिजे बजाउँदा पठनपाठन प्रत्यक्ष प्रभावित भएको बताए। “यस्तो संवेदनशील समयमा विद्यार्थीको भविष्यसँग खेलबाड गर्नु अत्यन्तै गैरजिम्मेवार कार्य हो,” उनले आक्रोश व्यक्त गरे।
स्थानिय प्रशासन र आयोजकलाई लिखित मौखिक जानकारी दिदा पनि कुनै सुनुवाइ नभएको बरु मुख दर्शक बनेको उनिहरुको भनाइ छ ।
महोत्सवका कारण विद्यार्थीको पढाइ प्रभावित हुनु दुखद भएको भन्दै अभिभावक र सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले परीक्षाको मुखमा यस्तो ध्वनि प्रदूषण हुनु विद्यार्थीको भविष्यप्रति असंवेदनशील व्यवहार भएको बताए। साथै, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकालाई यस विषयमा तुरुन्त गम्भीर बन्न आग्रह गरेका छन्।
अभिभावकका अनुसार बिहानैदेखि बजाइने डिजे ध्वनिले घरमै बसेर पढ्ने विद्यार्थीसमेत प्रभावित भएका छन्। “यो महोत्सव मनोरञ्जनभन्दा बढी ध्वनि प्रदूषणको केन्द्र बनेको छ,” एक अभिभावकले भने।
सरोकारवाला निकायको यो मौनताले प्रशासनिक लापरवाही झन् प्रस्ट भएको स्थानीयको आरोप छ।
विद्यालय क्षेत्र नजिक ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी कानुनी मापदण्ड कार्यान्वयन हुन नसक्नु, आयोजकको मनपरी र नियमनकारी निकायको उदासीनताले घुसुणी महोत्सव विवादको केन्द्रमा आएको छ। अब पनि तत्काल चर्को डिजे नियन्त्रण नगरे विद्यार्थी, शिक्षक र अभिभावक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
अनुमति दिने निकाय भीमदत्त नगरपालिका हो। जसको मातहत सञ्चालन हुन्छन् विद्यालयहरू । विद्यालय समयमा समेत चर्को डिजे लगाएर विद्यार्थीको शैक्षिक गतिविधिमाथि खेलवाट गराउनु नगरपालिका अनुमति रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया