Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०५ गते सोमबार

निर्वाचन आचारसंहिता लागु

आयोगका प्रवक्ता भट्टराईका अनुसार आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ। अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रष्ट पारेको छ।
आयोगले आइतबार जारी गरेको विज्ञप्ति अनुसार नेपाल सरकारदेखि मिडियासम्मलाई निर्वाचन आचारसंहिता लागु हुने छ। आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र त्यसका सदस्य, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी र सार्वजनिक संस्था र कर्मचारी, राजनीतिक दल, दलका प्रतिनिधि र भ्रातृ संगठन, उम्मेदवार र तिनका प्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिलाई आचारसंहिता पालना र कार्यान्वयन गर्न/गराउन भनेको छ।
यसैगरी मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, ती प्रतिष्ठाका कर्मचारी र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, तिका पदाधिकारी र कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, तिनका शिक्षक र कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा ती संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, तिनका पदाधिकारी, कर्मचारी र कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिता कार्यान्वयन र पालना गर्नुपर्ने छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>