Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०६ गते सोमबार

भीर पहरामा  जाेखिम मोलेर जनगणना टोली छाङरु पुग्दै, फर्किन हेलिकोप्टरको आश

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली शुक्रबार दार्चुला जिल्ला सदरमुकामबाट त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त टोली शनिबार दुम्लिङमा बास बसेको र उनीहरु आइतबार बिहान ८ बजे थीं भन्ने स्थानको डाँडामा पुगेकाले टेलिफोन सम्पर्क भएको र उनीहरुले सोमबार (आज) सम्ममा हाल नेपालको प्रशासनिक नियन्त्रणमा रहेको छाङरु पुग्ने जानकारी गराएको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताउनुभयो । चिसो छल्न तिकंरबासी समेत बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ ।

नेपालतर्फको बाटो निकै असहज भएको र बाबियोको झयाङ समाउँदै भीर पहरामा हिँड्नु पर्ने भएकाले जनगणना सकेर फर्कन चिप्लो र ओरालोमा समस्या हुने हुँदा हेलिकोप्टरको आश गरिएको उहाँले बताउनुभयो । जाँदा उकालो भएकाले गणहरु जसोतसो पुग्न सक्छन् तर फर्कदा धेरै थाकेका हुने हुँदा हेलिकोप्टर पठाए उनीहरुलाई सहज हुने थियो, पाण्डेले भन्नुभयो । उहाँले छाङरु पुगेपछि आज पुन फोन सम्पर्क हुने बताउनुभयो । नेपालतर्फ सुरक्षित बाटो नहुदा व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँसम्म आवतजावत गर्दै आएका छन् । भारतले गणकलाई बाटो नदिदा सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालतर्फकै जोखिमपूर्ण बाटो हुँदै तिंकर गइरहेका छन । जनगणनाको विवरण संकलन गर्नुपर्ने अन्तिम मिति मंसिर ९ लाई तोकिएको छ। भारतीयले पास देलान् अनि जाउँला भन्दा समय घर्किने भएपछि जनगणना टोली पैदल हिँडेरै गएको हो । घुम्न जाने नेपालीलाई पास दिइरहेको भारतीय प्रशासनले बाटो बिग्रिएको र केन्द्र सरकारको अनुमति नभएको भन्दै गणकलाई भारतीय बाटोबाट व्यास जान अनुमति नदिएको हो ।

तिंकर र छाङ्गरूमा जनगणना गर्न परेको यो सकसका पछाडि नयाँदिल्ली र काठमाडौंको राजनीति जोडिएको छ। सामान्य अवस्था हुन्थ्यो भने कार्कीको टोली अहिलेसम्म गणना सकेर खलंगा फर्किइसकेको हुन्थ्यो। जनगणना गर्न जानेलाई खलंगापारि धार्चुलाको बाटो हुँदै गाडी चढेर छाङ्गरू नजिकैको सीतापुलसम्म जाने अनुमति नेपालले नमागेको होइन। दुईपटक चिठी लेख्दा पनि भारतीय अधिकारीहरूले विभिन्न बहाना बनाएर स्वीकृति दिन मानेनन्। ‘सुरूमा हामीले कात्तिक २५ गते एक जना गणकका लागि पास मागेका थियौं। त्यही दिन यहाँका केही सरहरूले पनि घुम्न जान पास माग्नुभएको थियो,’ जनगणना कार्यालय प्रमुख पाण्डेले भन्नुभयो, घुम्न जानेहरूलाई चाहिँ उनीहरूले पास दिए, गणकलाई दिएनन्। बाटो बिग्रिएको छ, मर्मत गर्नुपर्ने भएकाले अहिले पास दिन मिल्दैन भनेर टारे।’ सदरमुकामसम्म पुग्न आफ्नो भूमिमा बाटो नभएपछि दार्चुलाका भारतीय सीमावर्ती गाउँका मान्छे भारतको बाटो हुँदै आउजाउ गर्छन्। भारतले महाकालीको किनारैकिनार लिपुलेकसम्म बाटो बनाएको छ।

कात्तिक २५ गतेदेखि सुरू भएको राष्ट्रिय जनगणना २०७८ अब चार दिन मात्र बाँकी रहेको छ । निर्धारित समयमा ढिलाइ भएको र भारतले अनुमति दिन ढिलाइ गरेपछि नेपालकै बाटो हुँदै त्यसतर्फ टोली पठाएको दार्चुलाका प्रजिअ सिद्धराज जोशीले बताउनुभयो । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मै पर्ने गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न भने स्थलगत रुपमा जनगणना टोली जान सक्ने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ । देशभरको गणना गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तोकिएकै मितिमा गणना सक्ने गरी सहजीकरण गरेर काम अघि बढाएको तथ्याङ्क विभागले बताइरहदा भारतीय नियन्त्रणमा रहेको अतिक्रमित क्षेत्रमा जान नसकिने जिल्ला जनगणना कार्यालय दार्चुलाका अधिकारीहरु बताउछन् ।

व्यास गाउँपालिका वडा नम्बर १ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको छ । विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशभर ३९ हजार गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जनगणना भने स्थलगत रुपमा सम्भव नरहेको र बैकल्पीक विधिबाट अनुमानित जनसंख्या निकाल्नुको बिकल्प नभएको जानकारहरु बताउछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>