हेमा भट्ट,
पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दिएका हुन्।
प्रतिनिधिसभाका पछिल्ला तीनवटै निर्वाचनमा डोटी जिल्लाबाट लगातार निर्वाचित हुँदै ‘ह्याट्रिक’ जित हासिल गरेका आले यसपटक पार्टीको रणनीतिअनुसार कैलालीबाट मैदानमा उत्रिएका हुन्। नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ।
सुदूरपश्चिम प्रदेशको पहिचान र अधिकारका सवालमा लामो समयदेखि सक्रिय आले संघीय संरचनामा मुलुक प्रवेश गर्ने क्रममा धनगढीमा भएको ऐतिहासिक अखण्ड सुदूरपश्चिम आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्। उनले सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। धनगढीमै स्थायी बसोबास रहेकाले कैलालीसँग उनको सम्बन्ध पनि दीर्घकालीन रहेको छ।
कैलाली–५ मा उम्मेदवारी दिएपछि आलेले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरण तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन्। उनका प्रमुख एजेन्डामा सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट खेलमैदानको विकास, धनगढी विमानस्थलको विस्तार, गेटा मेडिकल कलेजको प्रभावकारी सञ्चालन, तराई–पहाड–हिमाल जोड्ने सडक सञ्जाल, चीन सीमा जोड्ने रणनीतिक सडक तथा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार रहेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै आलेले विकासलाई पहिलो प्राथमिकता दिँदै भने, “म संसद बन्न होइन, विकास गर्ने स्पष्ट योजनाका साथ अघि बढेको हुँ। यदि जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ भने संसद पदबाट समेत राजीनामा दिन तयार छु।”
राजनीतिक विश्लेषकहरूका अनुसार अनुभवी र जनपरिचित नेताको रूपमा आलेको उम्मेदवारीले कैलाली–५ को चुनावी प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ। स्थानीय तहका पार्टी नेता तथा कार्यकर्ताहरूले समेत उनको उम्मेदवारीले संगठनलाई मजबुत बनाएको प्रतिक्रिया दिएका छन्।
सुदूरपश्चिमको विकास र अधिकारका मुद्दालाई निरन्तर उठाउँदै आएका आलेको यसपटकको चुनावी यात्रालाई क्षेत्रीय राजनीतिक सन्तुलन तथा आगामी प्रतिनिधिसभा गठनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया