Samriddhipost
२०८२ माघ ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०८ गते बिहिबार

सुदूरपश्चिम विश्वविद्यालय पदाधिकारी नियुक्त गर्नेको इच्छाले चल्छ कि? विद्यार्थीको आवश्यकता अनुसार चल्छ?

सुदूरपश्चिम विश्वविद्यालयको आङिक क्याम्पस दार्चुला जिल्लाको गोकुलेश्वर मा छ । यो क्याम्पस किन पनि महत्त्वपूर्ण छ भने सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा साइन्स एण्ड टेक्नोलोजी बि यस्सि पढाइ हुने यो एउटै क्याम्पस हो।
यो क्याम्पसमा विगतमा थोरै विद्यार्थी हुने भएपनि अहिले सङ्ख्या सुधार भएर एउटै सेमेस्टरमा करिब ३९ जना भर्ना भएर परीक्षा दिने तयारीमा छन् । 
तर यहाँ एउटा गजबको समस्या छ। छैठौँ सेमेस्टरमा पुगेका विद्यार्थीहरूले सेमेस्टर अन्त्य हुने समय सम्म के पढ्नुपर्छ भन्ने अन्योलता राखियो अन्तिममा गणित विषय पढ्नुपर्ने देखियो । साइन्स एन्ड टेक्नोलोजी विभागमा बि .यस्सि पढिरहेका छैठौं सेमेस्टरको विद्यार्थीको परीक्षा माघ २२ गतेतिर हुने विद्यार्थी बताउँछन्। तर अहिलेसम्म उनले गणित शिक्षक पाउन सकेनन् । 
गणित शिक्षक नपाएपछि अहिले गोकुलेश्वर बहुमुखी क्याम्पसका केही शिक्षक,  सहायक चिफ,चिफ र विद्यार्थीसमेत महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेको आज चार दिन भएको छ। चार दिनसम्म विद्यार्थी शिक्षकको आशामा महेन्द्रनगरमा आइ बसेका छन्।
महेन्द्रनगरमा आएर तेस्रो दिन साइन्स एण्ड टेक्नोलोजीका डिन प्रेम सिंह साउदलाई भेटे विद्यार्थीहरूले डिनलाई भेटेर आफ्ना कुरा राखेपछि दिन आफै अचम्मित भएको विद्यार्थीहरू बताउँछन्। कम्तिमा पनि एमएस्सी तहको अध्ययन गरिसकेको व्यक्ति शिक्षक हुनुपर्नेमा यस्तो शिक्षक त्यहाँ थिएनन् र अरु विषयकाले पढाउन नमिल्ने अवस्था रहेछ । उनले आफूभन्दा माथिल्लो निकायमा रजिस्ट्रार र विश्वविद्यालयका उपकुलपति कहाँ यो विषय राखेर छिटै समस्या समाधान गर्ने प्रयास गर्ने बताएकाे विद्यार्थीले बताए । 
कहाँ गए त यहाँका शिक्षक
गोकुलेश्वर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक मदन चन्द करिब २०८० सालदेखि केन्द्रीय कार्यालय स्थित ३ कार्यालयमा बसेर काम गरेको र पछि केन्द्रीय क्याम्पसमा पढाउन थालेको र अहिले पनि उतै पढाइरहेको विश्वविद्यालय स्रोत बताउँछ । 
अहिलेसम्म विश्वविद्यालयले चन्दलाई काज फिर्ता पठाउँछ न त अर्को शिक्षक नियुक्त गर्ने प्रवन्ध बन्द गर्छ। उता विद्यार्थीहरूको भविष्य भने अन्योलतातर्फ अगाडि बढिरहेको छ।
विश्वविद्यालयका रजिस्ट्रार प्रो. डा. विनोद लेखक लाई समृद्धि पोस्ट डट कमबाट विश्वविद्यालयले शिक्षक नपठाएर विद्यार्थी पढाइबाट वञ्चित गरेको भन्ने छ के हो भनेर मेसेज गर्दा उहाँले दुई दिन हुदा यो समाचार तयार पार्दासम्म जवाफ फर्काएको अवस्था छैन। पटकपटक उहाँको सम्पर्क नम्बर ९८४९ ५०९२४३ मा सम्पर्क गर्दा समेत फोन पनि उठाउनु भएको छैन ।
यसैगरी विश्वविद्यालयका उपकुलपति हेमराज पन्तसँग पनि सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन । 
आखिर किन हुँदैछ त यस्तो विश्वविद्यालयले शिक्षक नपठाउने विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने यता आफू काम परेको भन्दै काठमाडौँतिर बस्ने, फोन र म्यासेजको समेत जवाफ नदिने । विश्वविद्यालय स्रोतले भन्छ भिसी र रजिस्ट्रारलाई भेट प्रदेशदेखि सङ्घका सांसदसम्मले फोन गरेर यस विषयमा कुरा गर्छन्। 
आखिर जसले विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्छ उनीहरूकै मनमर्जी अनुसार विश्वविद्यालय चल्छ कि ? विद्यार्थीहरूको आवश्यकता हेरेर विश्वविद्यालय चल्छ ?

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>