Samriddhipost
२०८२ माघ १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १० गते शनिबार

चुनावी माहोलमा गाडीले तान्यो ध्यान, त्रिमूर्ति इन्डस्ट्रीजका नाममा दर्ता ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चढिरहेको कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडीलाई लिएर सामाजिक सञ्जालमा चासो र बहस बढेको छ। चार करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त गाडी बिहीबार बेलुकादेखि तस्बिरसहित भाइरल भएपछि गाडीको स्वामित्वबारे विभिन्न अड्कलबाजी सुरु भएको थियो।

बालेन्द्र साह पछिल्ला केही दिनदेखि यही गाडी प्रयोग गर्दै आएका छन्। चुनावी सभाका लागि गत आइतबार जनकपुर पुगेका बेला पनि उनी यही गाडीमा देखिएका थिए। सामाजिक सञ्जालमा गाडी उनको व्यक्तिगत हो कि कसैले उपलब्ध गराएको हो भन्ने प्रश्न उठिरहेकै बेला गाडीको वास्तविक स्वामित्व खुलासा भएको छ।

यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार बालेन्द्र साहले प्रयोग गरिरहेको उक्त ल्यान्ड रोभर डिफेन्डर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा रहेको त्रिमूर्ति इन्डस्ट्रिज प्रालि को नाममा दर्ता छ। त्रिमूर्ति इन्डस्ट्रिज करेन्ट मसला उत्पादन गर्ने कम्पनी हो, जसका लगानीकर्तामध्ये एक हुन् उद्योगी कमल मालपानी।

 मालपानीले बालेन्द्र शाहले प्रयोग गरिरहेको गाडी आफूहरूले नै दिएको पुष्टि गरि सकेका छन्। तर, गाडी कति समयका लागि उपलब्ध गराइएको हो भन्ने प्रश्नमा भने उनले थप विवरण दिन चाहेनन्।

कमल मालपानीको तिलोत्तमामै यसोदा फुड्स प्रालि नामक अर्को उद्योग पनि छ, जसले करेन्ट चाउचाउ, लाली चाउचाउ र करेन्ट चिजबल उत्पादन गर्छ। यस्तै, बुटवल उपमहानगरपालिकामा रहेको श्रीराम टोबाको प्रालिबाट भोला गुट्खा र जित सुर्ती उत्पादन हुँदै आएको छ।

चुनावी माहोल तातिरहेका बेला बालेन्द्र शाहले प्रयोग गरिरहेको महँगो गाडीको विषय सार्वजनिक भएपछि समर्थक र आलोचकबीच बहस चर्किएको छ। कतिपयले यसलाई सामान्य सहयोग मानेका छन् भने कतिपयले चुनावी पारदर्शितासँग जोडेर प्रश्न उठाएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>