Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
बाजुरा
२०८२ माघ ११ गते आइतबार

बाजुरा जिल्लामा निष्पक्ष र भयरहित निर्वाचन होला ?

प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा गराउने उद्देश्यसहित बाजुराका राजनीतिक दल तथा उम्मेदवारहरूले लिखित रूपमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बाजुरामा २०४८ सालदेखिका हरेक चुनावमा झडप हुँदै आएका छन् । यस पटकको चुनावमा त्यस्तो नहुने प्रतिबद्धता उम्मेदवारहरूको छ । निर्वाचन प्रक्रियामा नागरिकको स्वतन्त्र मताधिकारमाथि कुनै पनि प्रकारको हनन, दबाब, प्रलोभन वा डरत्रास सिर्जना नगर्ने स्पष्ट प्रतिबद्धता उनीहरूले जनाएका हुन् ।


जिल्ला सदरमुकाम मार्तडीमा आयोजित संयुक्त पत्रकार सम्मेलन तथा प्रतिबद्धता कार्यक्रममा सहभागी उम्मेदवारले लोकतन्त्रको मूल आधार नै स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै मतदातालाई आफ्नो मत प्रयोग गर्ने पूर्ण अधिकार सुरक्षित गरिने बताए । विगतमा मतदातामाथि दबाब, प्रभाव र एमाले तथा कांग्रेसका कार्यकर्ताको मृत्यु भएका घटनाबाट पाठ सिक्दै यस पटक सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले बताए ।

उम्मेदवारहरूले निर्वाचन प्रचारका क्रममा गालीगलौज, चरित्र हत्या, झुटा आरोप, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिसमेत नगर्ने प्रतिबद्धता जनाए । “यस्तो सामूहिक प्रतिबद्धता निर्वाचनलाई विश्वसनीय र उदाहरणीय बनाउने सकारात्मक सन्देश हो,” एमालेका उम्मेदवार लालबहादुर थापाले बताए । नेपाली कम्युनिस्ट पार्टी बाजुराका उम्मेदवार प्रकाशबहादुर शाहले सम्पूर्ण मतदातालाई कसैको दबाब वा प्रभावमा नपरी आफ्नो विवेक र चाहना अनुसार निडर भई मतदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>