Samriddhipost
२०८२ माघ १२ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १२ गते सोमबार

सोमबार र मङ्गलबार हिमपातको सम्भावना

देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । देशका  हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 
राति भने कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने विभागको भनाइ छ ।  भोलि (मंगलबार) दिउँसो र राति नै केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । दिउँसो कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागलगायत लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । 
बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम  प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको विभागको भनाइ छ ।बुधबार दिउँसो भने काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । 
“यसअघिको प्रणाली गण्डकीबाट अगाडि बढ्न सकेन । यो प्रणाली भने केही ठूलो रहेकाले कोसी प्रदेशसम्मै पुग्छ,” उनले भने, “बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ ।” बुधबार रातिबाट काठमाडौंबाट यो प्रणाली मधेस हुँदै कोसी प्रदेशतर्फ जानेछ । “मधेसका केही भूभागमा हल्का वर्षा हुनेछ । कोसी प्रदेशमा पनि वर्षा हुनेछ,” मौसमविद् अधिकारी भन्छन्, “बुधबार रातिबाातट नै कमजोर हुने यो प्रणाली बिहीबार नेपालबाट बाहिरिनेछ ।” 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>