अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन अवस्थाका प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको ३ तले १२ कोठे नमुना भवन निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरेको भन्दै आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षको मिलेमतोमा फिल्डमा भएको कामभन्दा बढीको नापी किताब र बिल तयार पारी भुक्तानी लिएको पाइएको छ । नभएको कामलाई पनि भएको भनी देखाइएको र सामाजिक सुरक्षा कर, बहाल कर लगायतका शीर्षकमा आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम समेत विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको अख्तियाको भनाइ छ ।
मुद्दा दायर गरिएकाहरूमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्ट रहेका छन् । उनीहरूविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया