Samriddhipost
२०८२ माघ १४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १४ गते बुधबार

अनर्गल प्रचार गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता विरुद्ध साइबर अपराधमा मुद्दा
तस्बिर सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जालमा राखेको कन्टेन्टको स्क्रिनसट र नेकपा (एमाले) कञ्चनपुरले प्रहरीमा दिएको जाहेरी

नेकपा(एमाले) कञ्चनपुरले सामाजिक सञ्जाल फेसकुमा पार्टी विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै साइबर अपराधमा मुद्दा दर्ता गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुधबार बन्दना प्रकाशन, लक्ष्मण कठायत, चितवनले जन्माएको मान्छे र स्मार्ट न्यूज विरुद्ध साइबर अपराधमा कारवाहीका लागि जाहेरी दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता जाहेरी जाहेरीमा सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश, एमाले संस्थापन रास्वपा प्रवेश लगायतका भ्रामक प्रचार सामाग्री र भिडियो पोष्ट गरी चुनाव प्रभावित र पार्टी बदनाम हुने काम गरेकोले त्यसमा संलग्नलाई कारवाहीको माग गरिएको छ ।
माघ १२ गते विभिन्न सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश लगायतका सूचना सार्वजनिक गरिएका थिए ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले सोही दिन खण्डन गरेकी थिइन ।
एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले चुनावी वातावरण बिथोल्ने र एमालेको बदनाम गर्ने मनसाय राखेर फेसकुबाट ती सामाग्री राखेर प्रचार गरिएकाले कारवाहीका लागि जाहेरी दिइएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>