Samriddhipost
२०८२ माघ १७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १६ गते शुक्रबार

निम्बुखेडा खानेपानीकाे ७ औं साधारण सभा सम्पन्न

खडक बहादुर काेली/ भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भगतपुर निम्बुखेडा खानेपानीका अध्यक्ष दानसिंह खडायतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष गणेश सिंह धामी रहेका थिए भने विशिष्ट अतिथिमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इन्जिनियर राधाकृष्ण पन्त रहेका थिए। सभापति तथा अध्यक्ष खडायतले संस्थाका संस्थापक अध्यक्ष गणेश सिंह धामी, पदाधिकारी र उपभोक्ता समिति सबैको साथ र सहयोगले भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति सबैकाे सहयोगले  अगाडि बढेकाे बताए।   विशिष्ट अथिति इन्जिनियर राधाकृष्ण पन्तले ७ वर्षको अवधिमा संस्थाकाे थुप्रै उपलब्धि भएकाे बताए १ हजार२सय ४४ घरधुरी लाभान्वित हुनु, यस समिति मार्फत प्रदेश र संघीय विभिन्न संरचना बन्न र प्रेसर फिल्टर आदि काम उपलब्धिमूलक हुन्  उनले बताए।

संस्थाको आर्थिक वर्ष २०८१ /२०८२ आय व्यय ३८ लाख ५४ हजार ८ सय १५ रुपैया कोषाध्यक्ष गोकुलप्रसाद जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

 २०६६  सालमा स्थापना भएको भगतपुर निम्बू खेडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे निर्माणा धीन पानि टंकीकाे क्षमता ४ लाख ५० हजार लिटर रहेकाे  छ भने संस्थागत विकास डीप बोरिङ, ओभर हेड पानी टंकी, चारकोठे भवन १, चौकीदार क्वाटर २ काेठे, जनरेटर १, फिल्टर मसिन, शौचालय दुई, ट्रान्सफर्मर १ ,पसल भवन दुईकोटे १  भौतिक संरचना रहेकाे उपाध्यक्ष पुष्कर बहादुर चन्दले बताए  भीनपा १८, २ र १५ नम्बर वडाका  १२ सय भन्दा बढि घरधुरि लाभान्वित भएका छन्। माघ १६ गते सम्पन्न भएकाे साधारण सभाको सञ्चालन संस्थाका सचिव नरेन्द्रबहादुर चन्दले गरेका थिए कार्यक्रमका विभिन्न खानेपानी टोलका  अध्यक्षहरू,  उपभोक्ता,  संघ संस्था र  खानेपानीका कर्मचारीहरूको सहभागिता उपस्थिति रहेको र कार्यक्रम भव्य सभ्यताका साथ सम्पन्न भएको कार्यालय प्रमुख सरस्वती कुमारी पाण्डेयले बताएकी छन्

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>