नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०।१२, डिजेलमा रु. ४।६६ र एलपी ग्यासमा सिलिन्डर रू. ४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया