Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १९ गते सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । आइतबार (माघ १८) घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीहरूका साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजालसहितका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित गोश्वारा हुलाक डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार, सोही घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० र उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरेको छ ।

रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकम समेत गरी दुई लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>