Samriddhipost
२०८२ माघ २० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २० गते मङ्गलबार

भारतको पञ्जाब राज्यअन्तर्गत लुधियानास्थित बिआरएस नगरमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ । आफ्नै डेरा बसेको घरको पाँचौँ तलाको छतबाट खस्दा गम्भीर घाइते हुनुभएका २८ वर्षीय दिनेश रानाको निधन भएको हो । गएराति करिब ०२ बजेको समयमा छतबाट खसेको थाहा पाएपछि तत्कालै लुधियानास्थित सिभिल अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

मृतक दिनेश रानाको स्थायी ठेगाना कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ७ बरैयामा रहेको छ । हाल उहाँ रोजगारीका सिलसिलामा लुधियानाको बिआरएस नगरमा बसोबास गर्दै आउनु भएको थियोे । उहाँका बुवा हरनाम राना र आमा अनोखा राना हुनुहुन्छ । घटनापछि मृतकको परिवारलाई जानकारी गराइएको प्रवासी नेपाली सम्पर्क मञ्च भारतका केन्द्रीय प्रमुख ई. अर्जुन भण्डारीले जानकारी दिनुभयो । साथै उक्त घटनाको निष्पक्ष छानबिन तथा पीडित परिवारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गराउनका लागि नेपाली दूतावासलाई जानकारी गराइएको छ । प्रवासी नेपाली सम्पर्क मञ्च भारतले घटनाबारे आवश्यक समन्वय र कारबाही अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>