Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ०१ गते शुक्रबार

गहना लुरेर महिला हत्या गरेको आरोपमा २ जना पक्राउ, गहना समेत वरामद

दार्चुलाको शैल्यशिखर नगरपालिका-८ देवलमा ७१ वर्षीया लक्ष्मी जाेशीकाे हत्या घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्। साेमबार राति घरमै मृत फेला परेकी जाेशीकाे हत्या गरेर गरगहना लुटपाट गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हो।


पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-८ कै अन्दाजी २४ वर्षीय उमेश साउद र बैतडीको डिलाशनी गाउँपालिका वडा नम्बर ५ लठ्ठेकोट घर भएका २४ वर्षकै गाेपाल नाथ रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वमा खटिएको टाेलीले घटनाको सफल अनुसन्धान गरेकाे बताइएको छ।
मृतक जाेशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै याेजनामा जाेशीकाे हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ । नाथ उनको सहयोगीको रूपमा काम गर्थे।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार उनीहरूले जाेशीकाे हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ ।
उनिहरुको साथबाट सुनजस्तो देखिने गरगहना कानको मुन्द्री २ थान, नाकको मुन्द्री १ थान र नाकको फुली १ थान बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।
पक्राउ परेका साउद र नाथ यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>