भीमदत्त नगरपालिका वडा ४ महेन्द्रनगर बजारको मुख्य भागमा पञ्चायत कालदेखि ६२ /६३ को आन्दोलनसम्म राजा महेन्द्रको सालिक थियो।
गणतन्त्रका लागि आन्दोलनमा उत्रिएका आम नागरिकहरूले राजा हटाउन उद्घोष गरेसँगै राजा महेन्द्रको शालिक तोडफोड गरेर हटाए ।
गणतन्त्र स्थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा राजाको सालिक राख्न खोजेका थिए। यही शालिक राख्ने विषयमा राप्रपाले भीमदत्त नगरपालिका १८ स्थानीय पार्कमा रहेको भीमदत्तको सालिकमा समेत क्षति गरे ।
यसबाट राप्रपा र अन्य दलहरूका बीचमा दूरी समेत बढेपछि महेन्द्रनगरमा राजा महेन्द्रको शालिक राख्न सकेको अवस्था थिएन । केही युवाहरूले पुनः राजाको शालिक राख्न उद्घोष गरी बजार बन्द गरेर महेन्द्रनगरका केही व्यवसायीहरुले पनि सहयोग गरे। उत्साहित भएका युवाहरूले शनिबार साँझदेखि भजन कीर्तन गर्दै बसेर आइतबार बिहानै सालिक महन्तको हातबाट अनावरण गरेका छन्।
नगर क्षेत्रभित्र यस्ता संरचनाहरू राख्न नगर सरकारले निर्णय गर्नुपर्ने भएपनि नेपाली कांग्रेस नेतृत्वको भीमदत्त नगर सरकारले राख्ने वा नराख्ने विषयमा सार्वजनिक रूपले कुनै प्रतिक्रिया दिएन भीमदत्तनगर सरकार सुतिरह्यो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया