Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ०५ गते मङ्गलबार

पैदल यात्रीलाई थप्पड प्रहार गर्ने बम पक्राउ

काठमाडौँमा पैदलयात्रीलाई मुक्का हान्ने कारचालक ठेगाना खुलेको छ। काठमाडौँ प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक प्रविण धितालले मुक्का र झापड हान्ने व्यक्तिको ठेगाना बैतडीको तत्कालीन हाट गाविस रहेको बताएका छन्।
काठमाडौँको चप्पल कारखानानजिक एक कारचालकले पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना बताउने पारस बमलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी धितालले बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे।

काठमाडौँको चप्पल कारखाना नजिक एक कार चालकले पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि  पैदलयात्रीलाई कराएको दृश्य छ।
बहिनीसँग हिँडेका बमले बीच सडकमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर ती वृद्धलाई कुटपिट गरेका थिए।  उनीसँगै उनकाे बहिनीले पनि  ती वृद्धलाई गालीगलाैज गरेकी थिइन्। एसएसपी धितालले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>