डडेल्धुरामा एक दम्पतीमाथि मरणासन्न हुनेगरि कुटपिट गरिएको छ । अमरगढी नगरपालिका–१ तडिवाटा बस्ने देवबहादुर बुढाऐर र उनकी श्रीमती टिकेश्वरीदेवी बुढाऐरमाथि बिहीबार बिहान कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले कुटपिटपछि घाइते दम्पतीलाई उपचारका लागि धनगढी पठाइएको जानकारी दिए । उनकाअनुसार टिकेश्वरीको अवस्था समान्य रहेको छ भने उनका श्रीमानलाई माया मेट्रो अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको छ । पीडितका आफन्तले आईसीयूमा राखिएका देवबहादुरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक चन्दले बताए ।कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ठगेन्द्र बहादुर बुढाऐर र हर्कबहादुर बुढाऐर रहेको चन्दले बताए । प्रहरीकाअनुसार पीडित र पीडक नातेदार हुन् । पक्राउ परेकाहरू देवबहादुर दाजु पर्छन् । देवबहादुर दम्पतीका नाबालक छोराले कुटपिट गरिरहेको देखेपछि प्रहरीलाई खबर गरेको थिए । उनीहरूलाई बेहोस् अवस्थामै प्रहरीले उद्दार गरेको थियो ।
डडेल्धुरा अस्पतालले दुवैको उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरेको थियो । यसैबीच, कुटपिटपछि टिकेश्वरीकी आमा तुलसीदेवी ऐरले दुवै जनाविरुद्ध शुक्रबार ज्यान मार्ने उद्योग अन्तरगत किटानी जाहेरी दिएकी छन् तर प्रहरीले दर्ता गर्न भने बाँकी छ ।
ऐरले छोरीको टाउको फुटेर ७ टाँका लागेको बताइन् भने ज्वाईको दुवै पट्टिको क्रङ्ग भाचिएको छन् ।मुखवाट रगत उल्टी गरिररहेका देवबहादुरको भित्री अंगहरुमा गम्भीर चोट लागेको उनले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वरूण सिंहले घाइतेको अवस्थाबारे चिकित्सकलाई सोधीलेखी पठाएको बताउँदै सोही आधारमा मुद्दा दर्ता गरिने बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया