Samriddhipost
२०८२ फागुन ०९ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ०९ गते शनिबार

सरकारको लगानी बालुवामा पानी, छाडा पशु चौपाया अलपत्र दुर्घटनाको जोखिम, युवाहरूले गरे गुड खुवाए ।।

छाडा पशु चौपायाहरूलाई युवाहरूले गुड खुवाएका छन् । सियाराम भजन कीर्तन मण्डली महेन्द्रनगरमा आबद्ध रहेका भरत सिंह धानुक, रमेश कुँवर, रोशन साउद, घनश्याम जोशी, हेम कुँवर, जयबहादुर ऐर, रघुवीर धामी, सन्तोष जोशीले भीमदत्त नगरपालिका १० क्षेत्रमा र भाँसि ब्रह्मदेव लिङ्क रोडमा छाडा पशु चौपायाहरूलाई गुड खुवाएका हुन ।


छाडा पशु चौपायाहरू को व्यवस्थापन गर्न राज्यले लाखौं रुपैयाँ लगानी गरेको यो लगानी बालुवामा पानी भएको अवस्था छ। भीमदत्त नगरपालिका वडा १० लगायतका विभिन्न ठाउँमा छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि खोर लगायतका संरचना निर्माण गरी लगानी गरेकामा पशु चौपाया व्यवस्थापन हुन सकेका छैनन् सडकभरि पशु चौपाया छन् ।


यी युवाले भने सडकभरि पशु चौपाया छन् कतिपय शरीरभरि घाउ बोकेर हिँडिरहेका छन् । सडकमा हुन्छन् यातायातका सवारी साधनहरूसँग ठोकिन पुग्छन् कहिले मानिस घाइते हुन्छन् कहिले पशु घाईते हुन्छन् कहिले ज्यान नै जान्छ। छाडा पशु चौपायाहरूलाई एकैदिन भएपनि राहत होस् भनेर यसरी आफूहरूले भजन किर्तन गरेर आएको रकमबाट सकिने सहयोग सामान्य मलमपट्टी र गुड प्रदान गरेको भरत सिंह धानुकले बताउनुभयो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>