प्रदेश गौरवको आयोजना पाँच वर्ष जाँदा पनि सम्पन्न हुन सकेन।
शुक्लाफाटा नगरपालिकाको कलपुरदेखि बेलौरी, कोलपुरदेखि -दोमिल्ला, कृष्णपुर नगरपालिकाको बङ्क- दोमिल्ला- नायल बुडर सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय कञ्चनपुरले प्रदेश गौरवको आयोजनाका रूपमा २०७७ सालमा सन्तोषी थेगिम निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेकामा हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन।
यसरी निर्माण सम्पन्न नहुँदा क्रमिक रूपमा समय बदलिरहेको छ तर स्थानीयका पीडा उस्तै छन्। दैनिक रूपमा वर्षातको समयमा हिलो र सुख समयमा ठूलोको समस्या व्यहोर्नु परिरहेको छ। धुलो र धुवाले नागरिकको ज्यान जोखिममा छ।
तर न निर्माण व्यवसायीले निर्माण सम्पन्न गर्न सकेका छन् न सरकारले कारबाही गर्न सकेको छ।
२०७९ को निर्वाचनमा दलहरूले यिनै सडक निर्माणको नारा दिएका थिए। पुनः यसपटक २०८२ फागुन २१ का लागि सोही नारा दिनुपर्ने बाध्यता लागेको छ।
२०८० सालमा समृद्धिपोष डट कमले यस सडकसम्बन्धी तयार पारेको एक रिपोर्ट तलको भिडियोमा
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया