Samriddhipost
२०८२ फागुन १० गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १० गते आइतबार

ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुल ले भव्यताका साथ मनायो वार्षिकोत्सब तथा अभिभावक दिवस २०८२

कृष्णपुरको ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुल ले भव्यताका साथ मनायो वार्षिकोत्सब तथा अभिभावक दिवस २०८२ 

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ बंक गुन्यालफाँटा, कञ्चनपुरमा अवस्थित ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुल ले शुक्रबार आफ्नो वार्षिकोत्सब तथा अभिभावक दिवस–२०८२ भव्यताका साथ सम्पन्न गरेको छ।

नयाँ व्यवस्थापनसहित स्थापना भएको विद्यालयले छोटो समयमै भौतिक संरचना र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको संस्थापक तथा प्रिन्सिपल मनोज कुमार भट्टले जानकारी दिए। स्थापना भएको एक वर्षमै विद्यालयले शैक्षिक गुणस्तर, पूर्वाधार विकास र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाइ थियो।

कार्यक्रममा विद्यालयका संरक्षक भुवन साउँदको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कृष्णपुर वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिंह साउँद सहभागी थिए। विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर थापा, उदय सरस्वती क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो। साथै स्थानीय समाजसेवी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

वार्षिकोत्सवका अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट शिक्षक–शिक्षिका, विद्यार्थी अभिभावक तथा समाजसेवामा सक्रिय व्यक्तित्वहरूलाई पनि विद्यालयले कदरपत्रसहित सम्मान गरेको जनाएको छ।
सांस्कृतिक प्रस्तुतितर्फ चर्चित लोक देउडा गायक सुरत बहादुर रावत (डोट्याली कान्छा), चर्चित लोक देउडा गायक सुरेश चोख्याल र चर्चित लोक देउडा गायिका सम्झना शाही ले आफ्नो प्रस्तुति दिएका थिए। साथै विद्यालयका विद्यार्थी छात्र–छात्राहरूले नृत्य, नाटक तथा विविध सांस्कृतिक कार्यक्रममार्फत दर्शकको मन जितेका थिए।

स्वागत मन्तव्य राख्दै प्रिन्सिपल भट्टले विद्यालयले संस्कारयुक्त आधुनिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए। उनका अनुसार यहाँ अध्ययन गरेका विद्यार्थी विश्वको जुनसुकै स्थानमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्ने, आधारभूत सिकाइमा दह्रो बनाउने तथा उत्कृष्ट उत्पादन गर्ने विद्यालयको प्रमुख उद्देश्य रहेको छ।

प्रमुख अतिथि अर्जुन सिंह साउँदले गाउँमै सुविधासम्पन्न विद्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम जनशक्ति उत्पादन गर्न सफल होस् भन्ने शुभकामना दिए। अध्यक्ष साउदले थपे युवाहरु गाउँ छाडेर शहर, विदेशी गईरहेको अवस्थामा ज्ञानोदय का प्रिन्सिपल मनोज भट्ट लगायतको टिम गाउँमै आएर विद्यालय स्थापना गरेको विषय उदाहरणीय र स्वागतयोग्य हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर थापा र संरक्षक भुवन साउँदले विद्यालय र विद्यार्थीको समग्र विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको उद्घोषण गोपाल सुवेदी र ममता भण्डारीले गरेका थिए। वार्षिकोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नाटक तथा सिर्जनात्मक प्रस्तुतिहरू आकर्षणका केन्द्र बनेका थिए।

ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलमा प्ले ग्रुप (मन्टेश्वरी) देखि कक्षा १० सम्म गुणस्तरीय अध्ययन अध्यापन सञ्चालन भइरहेको छ। विद्यालय प्रशासनका अनुसार हाल यहाँ ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>