Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ११ गते सोमबार

कञ्चनपुरमा नेपाली कम्युनिष्ट पार्टीको चुनावी गतिविधि तिब्र

कञ्चनपुर क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीको चुनावी गतिविधि तीव्र बनेका छन्। निर्वाचन क्षेत्रअन्तर्गत शुक्लाफाँटा, वेतकोट र कृष्णपुर नगरपालिकाका समस्त ३० वटै वडामा टोल–बस्तीस्तरमा मतदाता भेटघाट तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन्।

नेपाली कम्युनिष्ट पार्टी निर्वाचन परिचालन समितिका सह–संयोजक खेम पाण्डेयका अनुसार यस पटकका गतिविधि अघिल्ला संघीय तथा स्थानीय चुनावभन्दा बढी उत्साहपूर्ण र सहभागीमूलक देखिएको छ। पाण्डेयका अनुसार गत स्थानीय तहको निर्वाचनका आधारमा क्षेत्र नं. २ मा पार्टीको १८ हजारभन्दा बढी मत रहेको र संघीय तहमा १७ हजारभन्दा बढी मत पार्टीको पक्षमा परेको थियो।

शुक्लाफाँटा नगर निर्वाचन परिचालन समितिका संयोजक महेश जोशीले यस क्षेत्रमा नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, मातृभूमि जागरण पार्टीसहित २१ भन्दा बढी दलहरू नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारलाई समर्थन गर्दै अभियान सञ्चालन गरिरहेका बताए।

यसैगरी, कृष्णपुर नगरका संयोजक अमिन दहित ‘सूर्य’ले स्थानीय युवा एवं लोकप्रिय उम्मेदवारलाई पालिकाभरि पहिलो स्थानमा पुर्‍याउने लक्ष्यसहित व्यापक अभियान चलाइएको जानकारी दिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>