Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १२ गते मङ्गलबार

बैतडीमा निर्वाचन सुरक्षामा खटिएका एक प्रहरीको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–६ निवासी ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को सोमबार राति निधन भएको हो।

निर्वाचन प्रहरीका रूपमा तालिम पूरा गरेपछि भट्टलाई इलाका प्रहरी कार्यालय मेलौली मातहत खटाइएको थियो। ड्युटी सकेर सोमबार साँझ घर फर्किएका उनी एक्कासी घरमै बेहोस भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। तर स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले राति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि बैतडीमा दुई जना निर्वाचन प्रहरीको ज्यान गइसकेको छ। फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय महादेव ओड घरमै अचेत अवस्थामा फेला परेका थिए र उनको पनि मृत्यु भएको थियो। त्यस्तै, गत माघ २० गते सोही वडाका ३२ वर्षीय प्रकाश चन्द तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाएका थिए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>