कञ्चनपुर निर्वाचन क्षेत्र १ मितेरी पाटी नेपालका उम्मेदवार सियाराम राना नेपाल कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । २७ बर्षिया जेनजी उम्मेदवार रानाले बुधबार नेकपा प्रवेस गरेका हुन । नेकपा केन्द्रीय सदस्य जिवनराज थापाले मितेरी पाटीका उम्मेदवार राना सहितका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपामा प्रवेस गरेको बताए ।
लालझाडी गाँउपालिका ३का स्थानीय समेत रहेका रानाले क्षेत्रको बृद्धि विकासका लागि आफुबाट केही नहुने नेकपा उम्मेदवार बीना मगरबाट थुप्रै कामकाज हुने भएकाले मितेरी पाटी परित्याग गर्दै नेकपामा प्रवेस गरेको बताए । परिर्वतनका लागि उम्मेदवारी दिएका जेनजी उम्मेदवार रानाले क्षेत्र १मा नेकपा नेतृ बीना मगरको विकल्प नभएकाले नेकपा प्रवेस गरेको बताए ।
मितेरी पाटीका तर्फबाट उम्मेदवार भएका राना सहितका नेता कार्यकर्ताहरुलाई नेकपा उम्मेदवार बीना मगर सहितका नेताहरुले स्वागत गर्दै चुनावी अभियानमा खटिन आब्हान गरेका छन । बुधबारै मात्रै प्रगतिशिल लोकतान्त्रिक पाटीका उम्मेदवार देपेन्द्र बहादुर शाही सहितका ५१ नेता कार्यकर्ता प्रवेस गरेकै दिन मितेरीका उम्मेदवार समेत नेकपा प्रवेस गरेसंगै बीना मगर थप बलियी हुँदै गएकी छिन ।
आफ्नो उम्मेदवारी समेत तिलान्जली दिदै चुनावी मैदान छाडेर नेकपा उम्मेदवार बीना मगर जिताउने अभियानमा जुटेका उम्मेदवारद्वय देपेन्द्र बहादुर शाही र सियाराम रानाले युद्धस्तरमा महिला नेतृ बीना मगर जिताउने सकल्प गरेका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया