Samriddhipost
२०८२ फागुन १६ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १६ गते शनिबार

जीविका चलाउन विद्यार्थीसँगै रेडियोकर्मी र निर्वाचन प्रहरीको जिम्मेवारी सम्हाल्दै सारङ्गी

२०७८ देखि यहाँको एक रेडियोमा कार्यरत सारंगी खत्री आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा पनि खटिएका छन् । अरु बेला रेडियोमा समाचार वाचन, कार्यक्रम प्रस्तोता र प्राविधिकका रूपमा काम गरेर नागरिकलाई सूचना प्रवाह गर्दैआएकी खत्री निर्वाचन प्रहरीमा भर्ना भएपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलंगा क्षेत्रमा खटाएको छ ।

प्रहरीले खलंगामै खटाएपछि खत्रीले एफएमको ड्युटी पनि जारी राख्न पाएकी छन् । बिहान ५ बजेदेखि १० बजेसम्म रेडियोको ड्युटी र त्यसपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन प्रहरीको ड्युटी गर्दै आएकी उनले बताइन् ।

‘रेडियोको आम्दानीले मात्रै केही पनि पुग्दैन । बेरोजगारी समस्याले अन्य काम पाउने अवस्था छैन,’ खत्री भन्छिन्, ‘त्यसैले छोटो समयका लागि भए पनि केही कमाइ हुने भएपछि निर्वाचन प्रहरीमा भर्ना भएकी हुँ ।’

दार्चुलाकै मार्मा गाउँपालिका-४ घर भएकी खत्री व्यास स्थित मामा घरमा पढेकी हुन अहिले खलङ्गामै ब्याचलर तहको पढाइ गरिरहेकी छन् । खत्रकी आमा सानैमा बितिन् उनका दुई बहिनी र एक भाइ रहेका छन् बुवा भारतमा काम गर्ने र कहिलेकाहीँ मात्रै फोन सम्पर्क गर्ने गरेको बताउँछन् । सारङ्गी संघर्षमा विश्वास गर्छिन् उनी निरन्तर सङ्घर्ष गर्दै यहाँसम्म अध्ययन गरेकी हुन् भने भाइ बहिनीहरूकी सहारा पनि हुन् । दार्चुला जिल्लाका स्थानीय पत्रकार तथा प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष हरिप्रसाद जोशी भन्नुहुन्छ दार्चुला जस्तो विकट क्षेत्रमा महिला पत्रकार तयार गर्न कठिन छ भने पत्रकारितालाई महिलाहरूले निरन्तरता दिई राख्न झनै कठिन छ। निरन्तर यस्तो अवस्थामा आफ्नो जीविका चलाउन निर्वाचन प्रहरीमा भर्ना हुने कुरा अन्यथा भएन ।’
दुर्गममा बसेर पत्रकारिता गर्नुको पीडा निकै कठिन रहेको उनले बताए । ‘यहाँ पत्रकारिताले मात्रै पनि जीवन धान्न झन गाह्रो छ । हाम्रो जस्तो ठाउँमा महिला पत्रकारहरूको पीडा अझै जटिल छ । यहीकारण धेरैदिन महिलाहरू पत्रकारितामा नटिक्ने समस्या छ,’ धामीले भने ।

 

 

खत्री अहिले निर्वाचन प्रहरीमा भर्ती भएपनि भविष्यमा पत्रकारिताबाट चटक्कै बाहिरिने भने सोचिसकेकी छैनन् । यही भएकाले प्रहरी कार्यालयमा कुरा मिलाएर उनी रेडियोको काममा निरन्तरता दिइरहेकी छन् ।

‘रहरले पत्रकारितामा छु । निर्वाचन प्रहरी बाध्यताका कारण बनेकी हुँ । तैपनि चुनावमा प्रहरीकै भूमिकामा भएर पनि देशको सेवा गर्न पाएकामा खुसी पनि छु,’ खत्रीले भनिन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले निर्वाचनको लागि दार्चुलामा २९७ जना महिला निर्वाचन प्रहरी भर्ना भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>