दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झाक्सु र बझाङको तालकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रमा मतदाता नआएका हुन् ।
देशैभर बिहानेदेखि मतदान सुरु भए पनि दार्चुलाका दुईवटा र बझाङको एक मतदान केन्द्रमा मतदाताहरु भोट हाल्न आएका छैनन् । मतदान सुरु भइसकेको करिब डेढ घन्टा बितिसक्दा पनि उक्त क्षेत्रहरुमा मतदान गर्न मतदाता नआएका हुन् ।
दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झाक्सु र बझाङको तालकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रमा मतदाता नआएका हुन् ।
कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा उपस्थित भए पनि मतदाता नआएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्ले र सशस्त्र प्रहरीका प्रवक्ता विष्णु भट्टका अनुसार देशभर शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको सुरक्षा अधिकारीले बताएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया