प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणनाको प्रारम्भिक परिणाम अनुसार २ हजार १०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी ७९३ मतसहित अग्रस्थानमा रहेका छन् । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले ३९८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ३७१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना मगरले ३६६ मत प्राप्त गरेकी छन् ।
यस्तै माइकल तामाङ (उज्यालो नेपाल पार्टी) - १०६
दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) - ४२
अन्य उम्मेदवारहरूको मत परिणाम अद्यावधिक हुन बाँकी छ । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया