बिहीबार सम्पन्न मतदानको १३३ सिटमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०१ सिटमा अग्रता लिएको छ।
एक सिटमा विजयी हासिल गरिसकेको रास्वपाले मधेसमा मतगणना भइरहेका २६ वटै सिटमा अग्रता लिएको छ।
झापा र मोरङका पनि सबै ११ सिटमै रास्वपाको अग्रता छ। सुनसरीका २ र उदयपुरको एक सिटमा पनि रास्वपाको अग्रता छ। सिन्धुली २, सिन्धुपाल्चोक १, काभ्रेपलान्चोक २, नुवाकोटका दुवै क्षेत्र, धादिङ १, मकवानपुर २, चितवनका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता छ।
यस्तै, गण्डकीमा तनहुँका दुवै क्षेत्र, कास्कीका तीनवटै क्षेत्र, गोरखा २, स्याङ्जा १, पर्वत १, वाग्लुङका दुवै क्षेत्र, नवलपरासीका दुवै क्षेत्र लुम्बिनीमा गुल्मीका दुवै क्षेत्र, पाल्पा १, रुपन्देही १, २, ३ र ५, अर्घाखाँची १, कपिलवस्तु १, दाङ १, २ र ३ बर्दियाका १ र २, बाँकेका १ र ३, नवलपरासी पश्चिमका १ र ३ कर्णाली प्रदेशको सुर्खेत २, सुदूरपश्चिमका कैलाली १ र ५, कञ्चनपुरका तीनवटै क्षेत्र, डेडेलधुरा र बैतडीमा पनि रास्वपाको अग्रता छ।
यसअघि मुस्ताङमा विजय हासिल गरेको कांग्रेसले १२ सिटमा अग्रता लिएको छ। कोसीमा ताप्लेजुङ, वाग्मतीमा ललितपुर १ र सिन्धुपाल्चोक २, गण्डकीका लमजुङ र मनाङ, लुम्बिनीका पाल्पा २, कपिलवस्तु ३ र प्युठानमा कांग्रेसको अग्रता छ।
कर्णालीका तीन क्षेत्र सुर्खेत १, दैलेख १ र जाजरकोट १ मा कांग्रेसको अग्रता छ। सुदूरपश्चिम र मधेसका सबै क्षेत्रमा कांग्रेस पछि छ।
नेकपा एमालेले ९ सिटमा अग्रता लिएको छ। कोसीका तीन सिट इलाम २, तेह्रथुम र ओखलढुंगामा एमालेको अग्रता छ। वागमतीको सिन्धुली १, गण्डकीको नवलपरासी पूर्व–२, लुम्बिनीको रुपन्देही ४ र बाँके २ मा अग्रता लिएको एमालेले कर्णालीको दैलेख र डोटीमा पनि एमालेको अग्रता छ।
नेपाली कम्युनिष्ट पार्टीले पनि ९ सिटमा अग्रता लिएको छ। वागमतीका काभ्रेपलान्चोक १ र धादिङ २, लुम्बिनीका कपिलवस्तु २, रोल्पा र रुकुमपूर्वमा नेकपाको अग्रता छ। कर्णालीका २ र सुदूरपश्चिमका ३ सिटमा नेकपाको अग्रता छ। सल्यान, कालिकोट, अछाम, कैलाली २ र ३ मा नेकपाको अग्रता छ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन र जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता छ। केही ठाउँमा कडा प्रतिस्पर्धा भएपनि अधिकांस सिटमा रास्वपा उम्मेदवार जीतउन्मुख छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया