Samriddhipost
२०८३ असोज ०५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २४ गते आइतबार

सुदूरपश्चिम प्रदेशमा कसले कहाँ विजय गरे

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभामा १६ सिट रहेका छन्। ईश्वर सिटहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १० सिट निश्चित गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली १ कोमल ज्ञवाली, दुईमा केपी खनालको भारी मतन्तरको अग्रता, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा डाक्टर आनन्द चन्द विजयी भएका छन्।

 कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजय गरिसकेको छ । कञ्चनपुर एकबाट जनक सिह धामी, दुईबाट दीपक बोहरा, ३ बाट ज्ञानेन्द्रसिंह महताले विजय गरेका हुन्।

पहाडी जिल्लाहरूमा डडेल्धुरा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीकै डा . तारा जोशीले विजय हासिल गरेका छन् भने बैतडीमा हरिमोहन भण्डारीको विजय निश्चित बनिसकेको छ। यो सँगै १६ सिटमध्ये १० सिट राष्ट्रिय स्वतन्त्र पार्टीले निश्चित गरेको छ।

बझाङ जिल्लामा नेकपा एमालेका ऐनबहादुर महरले विजय हासिल गरेका छन् भने दार्चुला जिल्लामा एमालेकै गणेश सिंह ठगुन्नाले विजय हासिल गरेका छन्। अछाम २ मा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन्।
यो सँगै एमालेले दुई ठाउँमा विजय र एक ठाउँमा अग्रता लिइरहेको छ।

डोटीमा नेपाली कांग्रेसका भरत खड्काले विजय हासिल गरेका छन्। अछाम १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार भरतकुमार स्वारले विजय गरेका छन्। बाजुरा जिल्लामा नेपाली कांग्रेसका जनकराज गिरीले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>