Samriddhipost
२०८२ फागुन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २५ गते सोमबार

प्रत्यक्ष तर्फको मतगणना आज सम्पन्न हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने छ ।

हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ । समानुपातिकतर्फ भने रास्वपाले ३६ लाख ५० हजार २१ मत पाएको छ ।

दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट जितेको छ भने समानुपातिकतर्फ १२ लाख ३० हजार ३६२ मत पाएको छ । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जितेको छ । समानुपातिकमा एमालेले १० लाख ४० हजार १६८ मत पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्ष सात सिट जित्दा समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत पाएको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन क्षेत्र जितेको छ भने समानुपातिकतर्फ दुई लाख ३९ हजार ७२ मत पाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>