Samriddhipost
२०८२ फागुन २९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २८ गते बिहिबार

सामुहिक बलात्कारको आरोपमा २ जना पकाउ
साङ्केतिक तस्वीर

कञ्चनपुरमा नाबालिका सामूहिक बलात्कारको सिकार भएकी छन् । भीमदत्त १० वैजनाथ सामुदायिक वनमा सामुहिक बलात्कारमा परेकी हुन् । बुधबार नाबालिकमाथि सामूहिक बलात्कारको निवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा परेपछि दुई जना आरोपी पक्राउ परेका छन् । निवेदन आए लगत्तै नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त सूचना अधिकारी एबं प्रहरी निरीक्षक वीरेन्द्र थापाले नयाँ खबरलाई जानकारी दिए ।

उनका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हिरा नाथलाई पक्राउ गरिएको छ ।

उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त सूचना अधिकारीले जानकारी दिए ।

उनका अनुसार घटना संवेदनशील भएकाले सघनरुपमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>