Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०४ गते बुधबार

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मान्या चौराहमा हसिया प्रहारबाट एक जनाको हत्या भएको छ भने अर्की एक जना घाइते भएकी छन्।

मंगलबार राति करिब ८:४० बजे स्थानीय ५० वर्षीय हरि प्रसाद श्रेष्ठले सामान्य घरायसी विवादका क्रममा आफ्नै सौतेनी आमा ७५ वर्षीया बिन्दा श्रेष्ठमाथि घाँटीमा हसिया प्रहार गरेका थिए। गम्भीर घाइते भएकी बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, आक्रमणमा परी बिन्दा श्रेष्ठतर्फकी दिदी नाता पर्ने ५५ वर्षीया भगवती देवी श्रेष्ठ (माझी) घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ र उपचारका लागि दोधारा चाँदनी अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि मृतकको शव घरमै राखिएको छ भने घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। घटना घटाएर फरार रहेका अभियुक्त हरि प्रसाद श्रेष्ठको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>