Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०५ गते बिहिबार

कैलालीको खक्रौला नाकामा बिलसहितको सामान बरामद गरेको विषयलाई लिएर सशस्त्र प्रहरी र व्यवसायीबीच  विवाद भएको छ। मंगलबार साँझ टीकापुरको एसजीए ट्रेडर्सले ल्याएको सामानलाई सशस्त्रको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) टोलीले ‘अवैध’ भन्दै नियन्त्रणमा लिएपछि तनाव भएको हो।

टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सशस्त्रले व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाए। ‘भन्सार तिरेर ल्याइएको सामानलाई अवैध भन्दै बरामद गर्नु सरासर ज्यादती हो। सीमाको तस्करी रोक्नु प्रशासनको काम हो तर वैध व्यवसायीलाई हैरान पार्न पाइँदैन’, उनले बताए।

विवाद बढ्दै जाँदा बुधबार बीओपीमै पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि सशस्त्र प्रहरी बलको ७ नं. वैद्यनाथ बाहिनीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

बाहिनीले बीओपीका ३३ जना सुरक्षाकर्मीलाई धनगढीस्थित गणमा तान्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>