Samriddhipost
२०८२ चैत १४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १२ गते बिहिबार

सुदूरपश्चिम प्रदेशमा भागबण्डा विवादपछि एमालेका मन्त्रीहरूले गरे बैठक बहिष्कार

सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्र खटपट सुरु भएको छ। राजनीतिक नियुक्तिको विषयमा विवाद भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की बैठक सुरु हुनुअघि केहीबेर मुख्यमन्त्री कार्यालय पुगेका थिए। तर, बैठक सुरु हुनुअघि नै उनी बाहिरिएका थिए। त्यस्तै, एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि बैठकमा सहभागी भएनन्।

जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा भागबन्डा नमिल्दा विवाद चर्किएको बताइएको छ। यही विषयमा असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरूले बैठक बहिस्कार गरेका हुन्। एमालेका मन्त्रीहरू अनुपस्थित भएपछि बैठकमा कमल बहादुर शाह (मुख्यमन्त्री, बहादुरसिंह थापा (आर्थिक मामिला मन्त्री)र मेघराज खड्का (सामाजिक विकास मन्त्री) मात्र सहभागी भएका थिए।

उक्त बैठकले विभिन्न जिल्ला अस्पतालहरूमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।विभिन्न राजनीतिक नियुक्तिमा कुरा नमिलेपछि आफूहरू बैठकमा नभएको एमालेका एक मन्त्रीले जनाकारी दिए ।
टिकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षको विषयमा सबैभन्दा धेरै विवाद भएको थियो । उक्त अस्पतालमा एमालेले आफ्नो अध्यक्ष हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले आफू निकटकालाई अध्यक्षमा नियुक्त गर्ने तयारी गरेको थियो । त्यो विवादको समाधान नभएपछि अन्ततः कांग्रेसले राम बहादुर भण्डारीलाई नियुक्त गरेको थियो । मनोनयन गर्ने जनाएपछि एमालेका मन्त्रीहरू बैठकमा नबस्ने जनाएका थिए ।

बैठकले दार्चुला जिल्ला अस्पतालको अध्यक्षमा महाकाली नगरपालिका-५ निवासी तोरणप्रसाद अवस्थी नियुक्त हुँदा जिल्ला अस्पताल बैतडीको अध्यक्षमा दशरथचन्द नगरपालिका-३ निवासी धनबहादुर क्षेत्री नियुक्त भएका छन्।


त्यस्तै जिल्ला अस्पताल बाजुराको अध्यक्षमा खप्तडछेडेदह गाउँपालिका-५ निवासी धनबहादुर रावत नियुक्त भएका छन् भने बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जयपृथ्वी नगरपालिका-३ निवासी वीरेन्द्रबहादुर खड्का नियुक्त भएका छन्। बझाङ बाहेक अन्य सबै अस्पतालका अध्यक्षहरू कांग्रेसका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>