Samriddhipost
२०८२ चैत १३ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १३ गते शुक्रबार

नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका बालेन शाह को हुन् ?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार बढी मतान्तरले हराउँदै प्रतिनिधि सभामा झापा पाँचबाट विजयी भएका बालेन शाह प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएका बालेन शाह रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपाले शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।
शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।

काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ।

२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी ऱ्याप ब्याटल गायक पनि हुन्।  

उनी नेपाली ऱ्याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। ऱ्याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।

 

 


‘म सडकमा छु, म फरक देखिन्छु
त्यो उज्यालोमा पनि म अँध्यारोमै छु ...
दिन ढल्दै जान्छ, रात पनि आउँछ...
सुनौलो बिहानी जीवनमा कहिले आउँछ... ।’
यसपछि उनी र्‍याप गायनमा लागे। उनले २०७४ वैशाख ३१ गते फेसबुकमा लेखेका थिए, ‘मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरें। म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु। मलाई देश बनाउन आउँछ। म अर्को पटक भोट गर्छु र आफैंलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन ।’
त्यसपछि उनले यस्तो गीत गाए :
पुरानो भो इतिहास केही फेरिएन
बाँकी हुँदा यति सास मोह मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेटिएन
मलाई बोल्न दे सरकार
मलाई बोल्न दे सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि, आवाज उठाउँदैमा
बलिदानको गीतमा मेरो शब्दको सलामी
गाउँगाउँबाट उठ युवा कलम थामी।।
२०७४ सालमा उनले भने जस्तै २०७९ को स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवारी दिए र विजयी भए। त्यसको तीन वर्षमा मेयर पदबाट राजीनामा दिएर प्रतिनीधिसभा सदस्य निर्वाचनमा होमिएका उनी झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार बढी मतान्तरले पराजित गर्दै विजयी भए। उनले ६८,३४८ मत पाएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>