Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १३ गते शुक्रबार

तपाईँको फोटो हरेक पार्टी कार्यालयमा राष्ट्रपतिको फोटोभन्दा माथि झुण्याइनु पर्छ

पूर्व पत्रकार, वैकल्पिक राजनीतिको कुरा गर्दै राजनीतिमा प्रवेश गरेका पछिल्लोपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट तीनपटक प्रतिनिधि सभा उम्मेदवार रहेका र प्रतिनिधिसभा निर्वाचन २०८२ पछि आफू स्वतन्त्र भएको घोषणा गरेका रविन्द्र मिश्रले शुक्रबार बिहान १ स्टाटस साझा गर्दै भनेका छन् तपाईँको फोटो हरेक पार्टी कार्यालयमा राष्ट्रपतिको फोटोभन्दा माथि झुण्ड्याइनुपर्छ । 

मिश्रले लेखेको जस्ताको तस्तै

१। ....... ......... पार्टी (प्रचण्डवादी)
२। ....... ......... पार्टी (प्रचण्डवादी)
३। ....... ......... पार्टी (प्रचण्डवादी)
४। ....... ......... पार्टी (प्रचण्डवादी)
५। ....... ......... पार्टी (प्रचण्डवादी)
६। ....... ......... पार्टी (अवसरवादी)

प्रचण्डजी,
तपाईँ व्यक्तिगत रूपमा झनझन, झनझन खुम्चिनु भयो तर तपाईँले खनेको बाटो विशाल प्रचण्डपथमा परिणत भयो।

प्रचण्डपथ यति विशाल भयो कि अब तपाईँले निर्माण गर्नुभएको 'पथ'लाई सबै पार्टी र त्यसका सबै अनुयायीहरूले 'वाद'का रूपमा स्वीकार गर्नु उपयुक्त हुन्छ।

तपाईँको फोटो हरेक पार्टी कार्यालयमा राष्ट्रपतिको फोटोभन्दा माथि झुण्याइनु पर्छ भन्ने मेरो मान्यता छ। साँघुरो मन भएकाहरूले तपाईँलाई श्रेय दिन चाहाँदैनन्, त्यो भिन्दै कुरा हो। तिनले मोही माग्ने, ढुङ्ग्रो लुकाउने गर्नुको के अर्थ?

तर एउटा कुरा चाहिँ भनौँ: यसरी लगभग सिङ्गो देश 'एउटै वादी' हुनु राम्रो होइन। त्यसैले समाज, राजनीति र प्रचण्डवादलाई सन्तुलनमा राख्न नेपालमा 'पृथ्वीवाद' अङ्गाल्ने एउटा इमानदार, सक्षम र देशभक्त पार्टीको सख्त जरूरत छ। नत्र अन्तत्वगत्वा, 'डिजास्टर' निम्तिन्छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>