स्वास्थ्य परीक्षणपछि रमेश लेखक प्रहरीको २ नम्बर गणमा
केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणका क्रममा तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो।
त्यसपछि उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको उनले बताए।
शनिवार बिहानै प्रहरीले पक्राउ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याइएकोमा स्वास्थ्य परीक्षणको रिपोर्टहरूको प्रतीक्षा भइरहँदा अस्पतालमा भर्ना गरिएको छ।
त्यहाँ ओलीको आधारभूत स्वास्थ्य परीक्षणहरू भइरहेको र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले उनलाई चिकित्सकहरूले रिपोर्टहरू आउनुअगावै भर्ना गरेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बीबीसीलाई बताएका छन्।
"विद्यमान स्वास्थ्य समस्या र ज्येष्ठ उमेरकै कारण वहाँमा मुटुसम्बन्धी परीक्षणहरू समेत गरिएको छ," रोस्याराले भने। "रिपोर्टहरू राम्रो आएमा भर्ना गरिराख्न आवश्यक हुने भएन। नत्र त्यही जारी रहन्छ।"
आज मध्याह्नसम्म स्वास्थ्य परीक्षणका नतिजाहरू प्राप्त हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।
बाँकी कानुनी प्रक्रियाका लागि ओलीलाई हिरासतमा कहाँकसरी राख्ने भन्ने निर्णय "स्वास्थ्य जाँचको रिपोर्ट, चिकित्सकको सल्लाह र कानुनबमोजिम हुने" यसअघि केन्द्रीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया