Samriddhipost
२०८३ असोज ०२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १९ गते बिहिबार

ठेक्काको १० वर्षमा पनि सडक बन्न नसकेपछि मुख्यमन्त्री कार्यालय अगाडि लास आन्दोलन ।

सडक निर्माण अलपत्र परेपछि सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयअघि ञलास आन्दोलनझ गरिएको छ । कञ्चनपुरको दैजीदेखि जोगबुढा जोड्ने सडक निर्माण अलपत्र परेपछि बोलन्या थलीले साङ्केतिक रुपमा लास आन्दोलन नाम दिएर प्रदर्शन गरेको हो । सडक निर्माणको ठेक्का लिएर नागार्जुन कन्स्ट्रक्सन लापता छ, बोलन्या थलीका संयोजक यादव जोशीले भने, सडक निर्माण नहुँदा नागरिकको जीवन लास जस्तै छ । तसर्थ आज मुख्यमन्त्री कार्यालय धनगढीअगाडि सडक निर्माणको माग गर्दै लास आन्दोलन गरेका हौं ।

केही दिनअघि परशुराम नगरपालिकाले निर्माण कम्पनीको लापरबाहीका कारण लामो समयदेखि अधुरो अवस्थामा रहेको उक्त सडक आयोजनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायसँग कडा कारबाहीको माग गरेको थियो । निर्माणमा भएको ढिलासुस्ती, लापरबाही र जिम्मेवारीहीनताका कारण स्थानीयवासीले दैनिक आवागमनमा सास्ती भोग्नुपरेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले निर्माण कम्पनीमाथि आवश्यक कारबाही गरी चालु आर्थिक वर्षभित्रै गुणस्तरीय रूपमा सडक निर्माण कार्य सम्पन्न गराउन पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

कञ्चनपुरको बेतकोट नगरपालिका दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडासम्म कैलाली कञ्चनपुरबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने छोटो बाटो र भीमदत्त राजमार्गको वैकल्पिक बाटोका रूपमा यो सडकलाई बनाउने तयारी स्वरूप यो सडक निर्माण सुरु गरिएको थियो । तर ठेक्का दिएको १० वर्षसम्म पनि बन्न सकेको छैन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>