कैलालीमा अस्पतालबाट थुनुवा फरार भएका छन् । धनगढी उपमहानगरपालिका– ७ मनहेराका ३२ वर्षीय मुकेश राना सेती प्रादेशिक अस्पतालबाट भागेका हुन् ।
लागूऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालयमा थुनुवा रहेका रानालाई बिहीबार साँझ मिर्गी आएपछि उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । प्रहरीको निगरानीमा उपचार भइरहेको समयमा राना भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले रानाको खोजी भइरहेको जानकारी दिए । राना २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया