Samriddhipost
२०८३ जेठ ०१ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत २८ गते शनिबार

न्यून प्रगति भएका ठेकेदारलाई ठेक्का तोड्न स्पष्टीकरण सोधियो
फायल तस्वीर

सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीले सम्झौता बमोजिम काम नगर्ने र निर्माणमा चरम ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीहरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै कार्यालयले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति न्यून रहेको र पटक–पटकको लिखित तथा मौखिक ताकेता गर्दा समेत काममा कुनै चासो नदेखाएको भन्दै निर्माण व्यवसायीहरूलाई अन्तिम चेतावनी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ का साथै ठेक्का सम्झौताका सर्तहरू बमोजिम ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको छ ।

निर्माण व्यवसायीहरूलाई  सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई चित्तबुझ्दो र विश्वसनीय स्पष्टीकरणका साथै अविलम्ब काम सम्पन्न गर्ने यथेष्ट कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ ।
सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण र कार्ययोजना प्राप्त नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता रद्द गरिनेछ। साथै, सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कालोसूचीमा राख्ने लगायतका सम्पूर्ण कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>