Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ०५ गते शनिबार

चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार बिहीबार मरेको कुखुराको मासु सेवन गरेपछि उनीहरू गम्भीर बिरामी परेका थिए।
सोही मासु सेवन गरेका उनीहरूको आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छा छोरा दीपेश ताम्राकारको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटना बिहीबार भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।
प्रहरीका अनुसार उनीहरूले उक्त मासु स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट खरिद गरेका थिए। फार्म सञ्चालक मंगल साउद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>