बेलडाँडी गाउँपालिका-३ बनपुरुवाबाट पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी रहेका छन्। उनीहरूलाई प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले ८ सय ६० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको थियो।
यसैगरी, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट बेदकोट नगरपालिका-६ ओझाखालीका ३२ वर्षीय इश्वर डगौरा र बेदकोट-५ का २५ वर्षीय आकाश डगौरा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार उनीहरुको साथबाट सु.प.प्र ०२-००३ प. २३७३ नम्बरको मोटरसाइकल र १० ग्राम ५२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया