Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ०७ गते सोमबार

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

‎मानसखण्ड(सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ । 
‎भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय याेगदान पुर्‍याएकोमा उनलाई 'भारत-नेपाल मैत्री सम्मान' प्रदान गरिएको आयोजकले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली विश्वविद्यालयमा लेखक सम्मानित भएका हुन् । आइतबार दिल्ली विश्वविद्यालयअन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो । भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिस्ठ साहित्यकार डा.सन्यज जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र माेडल ज्याेति झुल्का, डा. राजरानी  भल्लाले सम्मानित गरेका थिए । साहित्यकार लेखक लामो समयदेखि काली-कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लाेकसाहित्य संरक्षण, संबर्धन र प्रचारप्रसारमा निरन्तर गाेष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन् । दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>