Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ११ गते शुक्रबार

अतिक्रमण हटाउने बिषयमा रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई वेखवर नबन्न आग्रह
महेन्द्रनगर बजारको तस्बिर

कञ्चनपुर जिल्लामा सरकारी जमिन अतिक्रमण बढ्दै गएको भन्दै कम्युनिस्ट युवा संगठन नेपाल (जिल्ला समिति कञ्चनपुर) ले औपचारिक ध्यानाकर्षण पत्र जारी गर्दै तत्काल कारबाहीको माग गरेको छ।
संगठनले भीमदत्त नगर विकास समितिअन्तर्गतको ६३८ विगाहा ८ कट्ठा १३ धुर सरकारी जमिनमा अवैध कब्जा, लिजको नाममा अनियमितता तथा संरचना निर्माण भइरहेको आरोप लगाएको छ। पत्रमा जिल्लाभरि नै सरकारी जमिन अतिक्रमणको समस्या फैलिँदै गएको उल्लेख गर्दै यस्ता सबै अतिक्रमण तुरुन्त हटाउनुपर्ने स्पष्ट माग गरिएको छ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै संगठनले राज्यको उदासीनतामाथि प्रश्न उठाएको छ। यसले सरकारी सम्पत्ति संरक्षणमा गम्भीर लापरबाही देखिएको आरोप पनि लगाइएको छ।

साथै कञ्चनपुरका सांसद, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायलाई तत्काल अवैध संरचना हटाउन र अतिक्रमण नियन्त्रण गर्न कडा कदम चाल्न आग्रह गरिएको छ।
माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिँदै संगठनले सरकारी जमिन संरक्षणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई सचेत गराएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>