दार्चुलामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा–१ को लास्कुखोलाबाट तेज लुहार र लोकेन्द्र भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले उनीहरूलाई पशुपन्छी हत्यासम्बन्धी अभियोगमा पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।
उनकाअनुसार महाकाली नगरपालिका-४ कि एक महिलाको गाई हराएको थियो । दुवै जनाले लास्कुखोलामा मासु काटिरहेको अवस्थामा फेला पारेपछि सोही गाई काटेको हुनसक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया