सरकार फेरिएसँगै नागरिकले सरकारको अनुभूति गर्न पाएका छन्।
२०८२ साल चैत्र १३ गते देशको सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा बालेन शाह ले पदभार ग्रहण गरे । पदभार ग्रहण गरेको एक महिनाभित्रै देशैभरमा लाखौं सवारीचालक अनुमतिपत्र प्रिन्ट भए यसको विवरणहरू नागरिक एपमा हेर्न मिल्यो र प्रत्येकजसो यातायात व्यवस्था कार्यालयहरूमा सवारीचालक अनुमति पत्र प्रिन्ट भएर पुगेपछि देख्न पाइयो।
विगतका वर्षहरूमा सवारीचालक अनुमतिपत्र पाइसके पछाडि प्रिन्ट गरेर कार्ड पाउनका लागि वर्षौं लाग्ने गरेको थियो भने नवीकरण गरेर राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने अवस्था थियो। प्रिन्ट गरेर कार्ड आउन वर्षौं लाग्ने गरेको थियो। तत्कालीन सरकारहरूले यो छपाई चाँडो गर्छौं। यसलाई छिटो गर्नका लागि विभिन्न प्रक्रियाहरू गरिरहेको बताइरहन्थे। तर समयमा सवारी चालक अनुमतिपत्र प्रिन्ट भएर आइहाल्ने अवस्था थिएन।
यसपटक बालेन नेतृत्वको सरकारले गरी देखाएको छ । नयाँ लाइसेन्स प्राप्त गरेको वा नवीकरण गरे पछि आफ्नो लाइसेन्सको अवस्था के छ भनेर हेर्न मिल्ने भएको छ। भने केही दिनमा प्रिन्ट गरेर यातायात व्यवस्था कार्यालयहरूमा पुगिरहेको छ।
लाखौं सवारीचालक अनुमतिपत्रहरू यातायात व्यवस्था कार्यालयहरूमा पुगेका छन्। यसबाट सरकारले चाह्यो भने गर्न सकिन्छ भन्ने एउटा उदाहरणका रुपमा यो स्थापित भएको छ। नागरिकहरूले यो सेवा दीर्घकाल लिन रूपमा सहज हुँदै जाओस्। भन्ने अपेक्षा गरेका छन्। र सरकारलाई धन्यवाद समेत दिन थालेका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया