कञ्चनपुरमा तरबूजा चाेरीकाे आरोपमा एक बालकमाथि कुटपिट भएको छ । बेदकोट–५ धरमपुरस्थित मामा घर बस्दै आएका ११ वर्षीय बालक तपेन्द्र भण्डारीमाथि कुटपिट भएको छ । सामाजिक सन्जालमा सार्वजनिक भिडियोमा ती बालकको हातखुट्टा बाँधेको देखिन्छ ।
प्रहरीका अनुसार स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर ती बालकमाथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार घटना बुधबारको हो ।
वडा नम्बर ५ को पोल्खरीस्थित चौधर नदी छेउमा ती बालक खेलीरहेका थिए । सोही क्रममा आफ्नो करेसाबारीबाट तरबूजा चोरी गरेको भन्दै नाथले बालकलाई निर्घात कुटपिट गरेको बताइएको छ । डीएसपी शाहीले नाथलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा सात दिन म्याद थप गरिएको जानकारी दिए ।
नाथले बालकलाई कुकुर लगाएर लखेटेको पनि बताइएको छ । आमाबाबु भारतमा रहेका बालक मामाघरकी बज्यैसंग बस्दै आएका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया