Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १९ गते शनिबार

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी गृह जिल्ला कञ्चनपुर आइपुगेकी छिन्। उनी शुक्रबार साँझ कञ्चनपुर पुगेकी हुन्। कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रको भ्रमण तथा अनुगमनका लागि उनी यहाँ आएको मन्त्री चौधरीका स्वकीय सचिव जेनल विष्टले बताए ।

 

उनका अनुसार आज शुक्लाफाँटा नगरपालिकाको झलारी खुलामञ्चमा मुक्त कमैया समाजद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन गर्ने तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको झलारीस्थित सचिवालयमा भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, दैजी-छेला औद्योगिक क्षेत्र, मजगाउँ विमानस्थल र बेलौरी भन्सार कार्यालयको अनुगमन गर्ने कार्यक्रमसमेत मन्त्री चौधरीको कार्यतालिकामा समावेश छ।

कञ्चनपुरको कृषि, वन, उद्योग तथा पूर्वाधार विकाससँग सम्बन्धित विषयमा आवश्यक छलफल, समन्वय तथा देखिएका समस्या समाधान गर्ने उद्देश्यले मन्त्री चौधरीले उक्त भ्रमण गर्न लागेको स्वकीय सचिव विष्टले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>