Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख २४ गते बिहिबार

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन् । बुधबार जिल्ला प्रहरी कार्यालयले नाथलाई हिरासत मुक्त गरिएको जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले हिरासतमा राखिरहनु नपर्ने भएपछि उनलाई छोडिएको बताए । 

 

गत वैशाख ३ गते श्रीमानको हत्या गरिएको भन्दै फिर्या रानाले उपाध्यक्ष नाथ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरेकी थिइन् । विसं २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिव नगर स्थित निर्मल शारदा आर्यघाट नजिकै भैंसीपालक कृषक हरिकिसन राना मोटरसाइकल सहित जलेको अवस्थामा मृत फेला परेका थिए ।

 

प्रहरीले घटनाको अनुसन्धानका लागि दजनौँ मानिसहरू सँग सोधपुछ गरिए पनि वास्तविकता खुल्न नसकेको जनाएको छ । तर घटनाको एक वर्षपछि मृतकका श्रीमती फिर्या रानाले दिएको ज्यान सम्बन्धी कसुरका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएका उपाध्यक्ष नाथलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आवश्यकता नदेखिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रकाश भण्डारीले बताए ।  

 

“घटनाको एक वर्ष लगाएर अनुसन्धान गरिएको थियो”, सरकारी वकिल कार्यालयका प्रमुख भण्डारीले भने, “मिसिल संलग्न कागजात, बयानबाट दोषी नदेखिएकाले उहाँलाई हिरासतमा राखिराख्नु जरुरी देखिएन ।”

 

हिरासत बाहिर राखेर नाथमाथि अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खत्रीले बताए । हरिकिसन रानाको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान जारी रहेको उनले बताए ।

 

यसै बिच बुधबार प्रतिनिधि सभा सदस्य कृपाराम राना सहित रानाथारु समुदायले हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धानमा चरम लापरवाही गरिएको भन्दै उच्च स्तरिय छानविन टोली गठनको माग गर्दे प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>